राजनीतिमा सक्रिय भएर अघि बढ्न प्रधानमन्त्रीले सुझाव दिनुभयो : एलिजा गौतम
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिनेत्री एवं नागरिक उन्मुक्ति पार्टीकी पूर्व नेतृ एलिजा गौतमलाई सक्रिय रूपमा अघि बढ्न सुझाव दिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी गौतमलाई प्रचण्डले युवा पुस्ता निष्क्रिय भएर बस्न नहुने बताउँदै राजनीतिमा सक्रियताका साथ अघि बढ्न सुझाव दिएको भेटपछि गौतमले रातोपाटीलाई जानकारी दिइन् ।
झन्डै १ घण्टा भएको कुराकानीमा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै राजनीतिमा अघि बढ्न प्रचण्डले आफूलाई प्रेरित गरेको उनले बताइन् । उनले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भनिन्–‘तपाईंजस्तो युवा मान्छे निस्क्रिय बस्नु हुँदैन, राजनीतिमा अघि बढ्नुपर्छ यसरी चुप लागेर बस्नु हुँदैन । अगाडि बढेर देशका लागि केही गर्नुपर्यो ।’
तपाई माओवादीमा प्रवेश गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा गौतमले अहिले तत्काल यो बारेमा निश्चित नभए पनि भविष्यमा सो कुरा सम्भव पनि हुनसक्ने उल्लेख गरिन् ।
गौतमले इलाम क्षेत्र नम्बर २ मा रिक्त स्थानमा चुनाव लड्ने बताउँदै आएकी छिन् । सो क्षेत्रमा हुने उपनिर्वाचनमा आफू कुनै एक ठुलो दलबाट उम्मेदवारी दिने तयारीमा रहेको पनि उनले बताइन् । यसअघि उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण