शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको गण्डकी प्रदेश समितिको अध्यक्षमा गोपाल गुरुङ

आइतबार, १० मङ्सिर २०८०, ०८ : ५४
आइतबार, १० मङ्सिर २०८०

पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपालको गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रमबाट गोपाल गुरुङको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा मधुकर न्यौपाने, मिमा गुरुङ मुख्य सचिव हेमन्त थापा मगर सचिव तिलकबहादुर गुरुङ, राम तामाङ, चन्द्र तामाङ मुस्कान र कोषाध्यक्षमा दिलीप गुरुङलाई चयन गरिएको प्रदेश समितिले जनाएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समितिका इन्चार्ज शिवलाल थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न  पुनर्गठन कार्यक्रममा प्रदेश समितिका सह इन्चार्जलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप