जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदै

जनकपुरधाम । जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदैछ । पार्टीको संगठन रहेको तराई मधेसको २३ वटा जिल्लामा रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको जनमत पार्टीका सविच बीपी साहले जानकारी दिएका छन् ।
२०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र जनजातीसँग रंगको आधारमा विभेद हुँदै आएको दाबी गर्दै तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नेतृत्वमा विशाल सभामा गरेको थियो ।
सोही क्रममा रंगकै आधारमा नेपाल प्रहरीले ४ सय ६५ जनालाई गिरफ्तार गरेको थियो । त्यही बेलादेखि स्वतन्त्र मधेस गठबन्धन र हाल जनमत पार्टीले यो दिवसलाई हरेक वर्ष मंसिर १० गतेको दिनमा मनाउँदै आएको छ ।
रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भाव कायम गर्न रंगभेदविरूद्ध एकता दिवस मनाउँन प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा. राउतले संकल्प प्रस्ताव पनि दर्ता गराका छन् ।
उनले संसद् सचिवालयमा गत बिहिबार रंगभेदविरुद्धको एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प पनि लिन आवश्यक रहेको भन्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ बमोजिम उनले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक