कविता : पूजा
आइतबार, १० मङ्सिर २०८०, १५ : २२
पौने रातमा उठेर
चिसो पानीले नुहाउँदै
म मातेर
मस्त निद्रामा भएको बेला
मेरी आमा
भगवानका पाउमा
अररो कम्मर लगाएर
सकी नसकी
वर्षौंदेखि एउटा
गुप्त वरदान मागिरहेकी छन्
आफ्नो
कुहिएको फोक्सो जाति होस् भन्ने
वरदान
उनले कहिल्यै मागिनन्
बाथ र दमले ग्रस्त
आफ्नो रोगको
उनलाई कहिल्यै पीर भएन
आफू बाँच्ने
वरदान माग्नु पर्ने
होइन र मान्छेले ?
त्यसको सट्टामा उनले
सदैव मेरो
दीर्घ जीवन मागिन्
मानौँ
म बाँचिदिए
उनी त्यसै बाँच्छिन्
र उनको
एक मुट्ठी सास
मेरो हो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण