कविता : पूजा
आइतबार, १० मङ्सिर २०८०, १५ : २२
पौने रातमा उठेर
चिसो पानीले नुहाउँदै
म मातेर
मस्त निद्रामा भएको बेला
मेरी आमा
भगवानका पाउमा
अररो कम्मर लगाएर
सकी नसकी
वर्षौंदेखि एउटा
गुप्त वरदान मागिरहेकी छन्
आफ्नो
कुहिएको फोक्सो जाति होस् भन्ने
वरदान
उनले कहिल्यै मागिनन्
बाथ र दमले ग्रस्त
आफ्नो रोगको
उनलाई कहिल्यै पीर भएन
आफू बाँच्ने
वरदान माग्नु पर्ने
होइन र मान्छेले ?
त्यसको सट्टामा उनले
सदैव मेरो
दीर्घ जीवन मागिन्
मानौँ
म बाँचिदिए
उनी त्यसै बाँच्छिन्
र उनको
एक मुट्ठी सास
मेरो हो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण