सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रामग्राममा भग्नावशेष विहारका पर्खाल र प्राचीन पोखरीको संरचना भेटियो

आइतबार, १० मङ्सिर २०८०, १८ : ५३
आइतबार, १० मङ्सिर २०८०

बुटवल । गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राममा भग्नावशेष विहारका पर्खाल र प्राचीन पोखरीको संरचना भेटिएको छ । पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले आइतबार यसबारे जानकारी गराएका हुन् । 

रामग्राम स्तूपको उत्तर पश्चिमपट्टी गरिएको उत्खननबाट प्राचीन विहारका भग्नावशेष र पोखरी भेटिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।  

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुद्धको अस्तुधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणको काम नगरेको गुनासो गरे ।

यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले रामग्राम स्तुपमा गरिएको भोगर्भिक (जियोफिजिक्स) सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताए । विहारका भग्नावशेष पर्खाल, पोखरी फेला परेकाले रामग्राम स्तूपको पुरातात्त्विक महत्त्व थप उजागर भएको बताउँदै उनले लुम्बिनी विकास कोषले रामग्राम स्तूपको विकासलाई गति दिने गरी योजना बनाएको बताए ।

पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र दुर्हाम विश्वविद्यालयका विज्ञहरुको टोलीले नोभेम्बर १ तारिखदेखि रामग्राम स्तूप उत्खनन र पण्डितपुरमा भौगर्भिक सर्भे गरेका थिए ।  

रामग्राममा प्राचीन विहारका भग्नावशेष पर्खाल, पोखरी र अन्य प्राचीन सामाग्रहीहरु फेला परेको पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । उनले रामग्राम स्तूपको बारेमा हजार मिटरभन्दा बाहिरीको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने बताए । 

IMG_9883

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप