भट्टराई सवार गाडी तोडफोड गरिएकोप्रति एमाले मधेस प्रदेश कमिटीको आपत्ति
धनुषा ।। नेकपा एमाले मधेस प्रदेश कमिटीले सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड गरिएकोप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । आइतबार एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले एक विज्ञप्ति जारी गरी सो घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएका हुन् ।
एमालेका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराई सवार गाडीमाथि आइतबार ताप्लेजुङको फुङलिङ बसपार्क नजिकै पहिचान पक्षधरले तोडफोड गरेका थिए । विज्ञप्तिमा सो आक्रमण सिंगो लोकतन्त्रमाथिको आक्रमण भएको बताउँदै यस्ता खालका अराजक गतिविधि त्याग्न आह्वान गरिएको छ । साथै घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कार्वाही गर्न समेत मधेस प्रदेश कमिटीले जोडदार माग गरेको छ ।
भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बो लगाएयतका नेताहरु एमाले ताप्लेजुङ जिल्ला कमिटीले दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा आयोजना गरेको कार्यक्रम सकेर ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सो घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण