बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

योगदानमा आधारित सामाजिक सुरक्षा : आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

सोमबार, ११ मङ्सिर २०८०, ०६ : २१
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म पेन्सन लिन थालेका छन् । सामाजिक सुरक्षा कोषले कोषको योजनामा आबद्ध भएर योगदान गरिरहेका बेला विभिन्न कारणले मृत्यु भएका ४१४ योगदानकर्ताका आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ ।

कोषका अनुसार बालाजुु ग्रुप अफ कम्पनीमा कार्यरत सन्तोष मेट्रु र अक्सफाम जिबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उनीहरू आश्रित परिवार श्रीमती र सन्ततिले गरेर मासिक त्यो बराबरको रकम निवृत्तिभरणका रूपमा प्राप्त गर्दै आएका छन् । मृतक मेट्रु र न्यौपाने कम्पनीमा काम गर्ने र तलब पनि मासिक एक लाखभन्दा बढी पाउने भएकाले आश्रित परिवार योजना अन्तर्गत मृतकका श्रीमतीहरूले ६० प्रतिशत र सन्ततिले शैक्षिकवृत्ति अन्तर्गत ४० प्रतिशत निवृत्तिभरणको सुविधा प्राप्त गरेका छन् ।

सामाजिक सुरक्षा ऐन अनुसार मृतक मेट्रु र न्यौपाने कार्यरत कम्पनीमा काम गरेबापत प्राप्त गर्ने आधारभूत पारिश्रमिकको ६० प्रतिशतबाट दुवैका श्रीमतीले मासिक ५९ हजार ७७५ रुपियाँ निवृत्तिभरण आजीवन प्राप्त गर्नेछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप