अमनजंगसँगको कोट म्यारिजलाई औपचारिकता दिँदै अभिनेत्री दीपशिखा
सोमबार, ११ मङ्सिर २०८०, १२ : ३२
काठमाडौँ । अभिनेत्री दीपशिखा खड्का विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अमनजंग बस्न्यातसँग परम्परागत विवाह गर्न लागेकी हुन् । उनको विवाह कार्यक्रम यही मङ्सिर १३ गते आयोजना गरिएको छ । विवाहको निम्तो साथीभाइ, आफन्त सबैतिर पुगिसकेको छ ।
ग्राउन्ड नोर्लिङ होटेलको रिसोर्टमा इन्गेजमेन्ट गरेका दुवैले करिब ५ महिना अगाडि काठमाडौँ जिल्ला अदालतमा कोट म्यारिज गरेका थिए ।
बस्न्यात कतार एयरलाइन्समा कार्यरत छन् । खड्काले भने केही अगाडि ‘प्रेमलिला’ नामको फिल्म निर्माण गरेकी थिइन् । ‘श्रीदेवी’ नामको फिल्म बनाउने घोषणा समेत गरेकी खड्काले थुप्रै फिल्ममा अभिनेत्रीको रूपमा अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण