उपभोक्ता ठग्ने व्यापारीलाई ६० हजार जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारिक फर्महरूलाई ६० रुपैयाँ हजार जरिवाना गरेको छ । विभागले आइतबार गरेको बजार अनुगमनबाट उपभोक्ता ठग्ने ५ फर्महरूलाई कूल ६० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
विभागले ११ वटा फर्ममा गरेको अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठग्ने र कानुनी व्यवस्था नमान्नेलाई कारबाही गरिएको जनाइएको छ । प्रवक्ता आनन्द पोखरेलका अनुसार कुपन्डोलको रेडिमेड तथा थान कपडा पसललाई २० हजार जरिवाना तिराइएको छ ।
यस्तै, पुतलिसकडको रेडिमेड तथा थान कपडा पसललाई २० हजार, पुतलिसकडककै मदिरा पसललाई ५ हजार जरिवाना तिराइएको छ । यस्तै, नयाँ बानेश्वरको रेडिमेड कपडा पसललाई ५ हजार जरिवाना तिराइएको विभागले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
यसबाहेक, शंखमुलको मिठाई पसललाई १० हजार जरिवाना गराइएको छ । पसलले खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो । आइतबार कारबाहीमा पर्ने अधिकांश पसलले खरिद बिल बिजक राख्नुपर्नेमा नराखेको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण