मामाघर आएकी बालिकाको पोखरीमा डुबेर मृत्यु
सोमबार, ११ मङ्सिर २०८०, १३ : ४४
खोटाङ । खोटाङमा आमासँगै मामाघर आएकी एक बालिकाको खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका-६ बस्ने वीरधन राईकी २ वर्ष ६ महिनाकी छोरी आरिमा राईको साकेला गाउँपालिका-२ रतन्छास्थित माछापोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।
पोखरीमा डुबेर अशक्त भएकी उनको उद्धार गरी साकेला आधारभूत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण