मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन अध्यक्ष ढकालको सुझाव

सोमबार, ११ मङ्सिर २०८०, १८ : १९
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् । 

छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले ६ वर्षको छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको बताउँदै केही समयमै यो संस्था सबैभन्दा धेरै पैसा भएको रूपमा पुग्ने बताएका हुन् ।  

कार्यक्रममा ढकालले कोषको पैसा राज्यको आन्तरिक उत्पादनमा लगाउनु पर्ने बताए । उनले वैदेशिक रोजगारीमा जान चरम आर्थिक सङ्कट बेहोरिरहेकाहरुको सहजीकरणमा लगानी गर्न समेत सुझाव दिए । 

अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषका कारण निजी क्षेत्रका रोजगारदाताहरू र श्रमिकहरूको सम्बन्ध सुमधुर बनाएको बताए ।

अध्यक्ष ढकालले श्रम सम्बन्ध सुधार र श्रम क्षेत्रमा समस्या समाधान गर्नेतर्फ उल्लेखनीय सफलता प्राप्त गरेको बताए । उनले लामो छलफल र सहकार्यको फलस्वरुप श्रम ऐनको संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न कानुनी र संस्थागत व्यवस्था भएको जिकिर गरे । 

अध्यक्ष ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सफल र प्रभावकारी कार्यान्वयनमा महासंघको निरन्तर सहयोग रहने प्रतिबद्धताका साथै सामाजिक सुरक्षा दिवसको सफलताको कामना समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप