बिहे गर्न इम्फाल पुगे अभिनेता रणदीप, मणिपुरको शान्तिको कामना
इम्फाल । बलिउड अभिनेता रणदीप हुड्डा र मणिपुरी मोडल तथा अभिनेत्री लिन लैशराम विवाहका लागि इम्फाल पुगेका छन् । सोमबार इम्फालको एक मन्दिरमा पूजा गर्न आएका दम्पतीले मिडियासँग कुरा गरेका हुन् ।
रणदीप हुड्डाले मिडियाको प्रश्नको जवाफ दिँदै भने, ‘मैले राम्रो भविष्यको लागि प्रार्थना गरें । मणिपुरमा र सम्पूर्ण विश्वमा शान्तिको लागि प्रार्थना गरे। मैले राम्रो दाम्पत्य जीवनको लागि पनि भगवानसँग मागेको छु।’
जब पत्रकारले उनलाई बिहेबाट नर्भस हुनुहुन्छ ? भनेर सोधे, यस प्रश्नमा उनले भने( हो, यस्तो समयमा सबै नर्भस हुन्छन् । रणदीप र लिन २९ नोभेम्बरमा विवाह गर्दैछन् । यो विवाह समारोह मणिपुरमा हुनेछ।
लिनले रंगुन र जाने जान जस्ता फिल्ममा काम गरिसकेका छन् जबकि रणदीप हुड्डा सरबजीत, हाइवे, लव आज कल २ र सुल्तान जस्ता धेरै फिल्महरूमा उनको दमदार अभिनयका लागि परिचित छन्। मिडिया रिपोर्टका अनुसार रणदीप र लिन विगत तीन वर्षदेखि प्रेममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण