रास्वपाले सुरु गर्यो ‘मधेसमा नास्ता’ अभियान
मङ्गलबार, १२ मङ्सिर २०८०, १० : ४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘मधेसमा नास्ता’ अभियान थालेको छ । मंगलबार बिहान महोत्तरीका विभिन्न पालिकामा रास्वपाले सात वटा समूह बनाएर उक्त अभियानको सुरुवात गरेको हो ।

रास्वपाका उपाध्यक्ष डीपी अर्यालले ‘मधेसमा नास्ता’ अभियानमार्फत बस्ती–बस्तीमा गएर पार्टीले नागरिकको कुरा सुनिरहेको जानकारी दिए । उनले भने, ‘हामीले नागरिकका कुरा सुन्दै चिया नास्ता पनि उहाँहरूसँग बसेर खाने कार्यक्रम बिहान गरियो ।’

मङ्सिर आठ गतेदेखि रास्वपा मधेसमा केन्द्रित भएको छ । रास्वपाले मङ्सिर ८ देखि १० सम्म मधेस यात्रा गरेको थियो । मङ्सिर ११ गतेदेखि पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल
-
स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण