ओस्कारमा गयो ‘१२वी फेल’
नयाँ दिल्ली । भारतीय अभिनेता विक्रान्त मैसीको फिल्म ‘१२वी’ फेल ओस्कारमा गएको छ । स्वतन्त्र मनोनयनमार्फत यो फिल्मलाई ओस्कारमा पठाइएको फिल्मका अभिनेता विक्रान्त मैसीले भनेका छन् । फिल्म एक महिना अघि मात्रै हलमा रिलिज भएको थियो ।
खासै धेरै प्रमोसन नगरिएको अनि चर्चा परिचर्चा नबटुलेको यो फिल्मलाई हलमा दर्शकले निकै मन पराएका थिए । सानो बजेटको यो फिल्म विधु विनोद चोपडाको निर्देशनमा बनेको हो । फिल्मको रिलिज पनि थोरै स्क्रिनमा गरिएको थियो । तर समालोचकहरूको भव्य तारिफ र आम दर्शकहरूले फिल्मप्रति देखाएको रुचिले फिल्म ब्लकबष्टर बन्यो ।
फिल्मलाई धेरैले मन पराउनेछन् भन्ने आफूलाई विश्वास भए पनि यति धेरै मन पराइन्छ भन्ने आफूले नसोचेको साहित्य आजतकमा बोल्ने क्रममा विक्रान्तले भनेका थिए । १२वी फेल अनुराग पाठकको यही नामको बेष्ट सेलिङ उपन्यासमा आधारित फिल्म हो । फिल्मको कथा गाउँका एक गरिब युवक वरिपरि घुमेको छ ।
१२ कक्षामा फेल भएका ती युवक कठोर मिहिनेत गरेर कसरी आईपीएस अधिकारी बन्छन् भन्ने कुरा फिल्ममा देखाइएको छ । ३१ दिनदेखि प्रदर्शनरत यो फिल्मले ४५ करोडभन्दा धेरैको कलेक्सन गरिसकेको छ ।
यो फिल्म यस वर्षको स्लिपर हिट फिल्म बनेको छ । विधु विनोद थ्री इडिएट्स, पीके र मुन्नाभाइ जस्ता चर्चित फिल्मका निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण