शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

दसैँ–तिहारका लागि उत्पादित कुखुरा अझै बिक्री हुन सकेन

मङ्गलबार, १२ मङ्सिर २०८०, १३ : ३५
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री हुन नसकेको पाइएको छ । ठुला चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएका कुखुरा करिब २५ प्रतिशत अझै मौज्दात रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए ।

हाल मासु उपभोग गर्नेको संख्या घटेकाले कुखुरा बिक्री हुन नसकेको उनले बताए । विगतका वर्षमा कोरोना, डेंगुका कारणले पर्वमा मान्छे उपत्यकामै बसे तर यो वर्ष उपत्यका छोड्ने धेरै भएका कारण उपत्यकामा मासुको खपत कम भएको उनले जानकारी दिए ।

यसका साथै आर्थिक मन्दी, वैदेशिक रोजगारी लगायतका कारणले पनि उपभोक्ताको संख्या कम भएकाले कुखुरा बिक्री हुन नसकेको बेलबासे बताउँछन् ।

दसैँमा कुखुराको व्यापार घटेको थियो । संघका अनुसार दसैँ र तिहारमा दैनिक हुने कुखुराको व्यवसायभन्दा करिब ५० प्रतिशत व्यापार घटेको थियो । उपत्यकामा ५ लाख किलो हरेक दिन कुखुराको तयारी मासु बिक्री हुन्छ । देशभर दैनिक ८ लाख किलो कुखुराको तयारी मासु बिक्री हुने संघका अध्यक्ष बेलबासेले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप