दसैँ–तिहारका लागि उत्पादित कुखुरा अझै बिक्री हुन सकेन
काठमाडौँ । दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री हुन नसकेको पाइएको छ । ठुला चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएका कुखुरा करिब २५ प्रतिशत अझै मौज्दात रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए ।
हाल मासु उपभोग गर्नेको संख्या घटेकाले कुखुरा बिक्री हुन नसकेको उनले बताए । विगतका वर्षमा कोरोना, डेंगुका कारणले पर्वमा मान्छे उपत्यकामै बसे तर यो वर्ष उपत्यका छोड्ने धेरै भएका कारण उपत्यकामा मासुको खपत कम भएको उनले जानकारी दिए ।
यसका साथै आर्थिक मन्दी, वैदेशिक रोजगारी लगायतका कारणले पनि उपभोक्ताको संख्या कम भएकाले कुखुरा बिक्री हुन नसकेको बेलबासे बताउँछन् ।
दसैँमा कुखुराको व्यापार घटेको थियो । संघका अनुसार दसैँ र तिहारमा दैनिक हुने कुखुराको व्यवसायभन्दा करिब ५० प्रतिशत व्यापार घटेको थियो । उपत्यकामा ५ लाख किलो हरेक दिन कुखुराको तयारी मासु बिक्री हुन्छ । देशभर दैनिक ८ लाख किलो कुखुराको तयारी मासु बिक्री हुने संघका अध्यक्ष बेलबासेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण