सडक किनारको रुख काटेको आरोपमा १५ हजार जरिवाना
मङ्गलबार, १२ मङ्सिर २०८०, १४ : ४७
पोखरा । पोखरास्थित न्यूरोडको सडक किनारको रुख काटेको आरोपमा पोखरा महानगरपालिकाले १५ हजार जरिवाना असुलेको छ । सडक छेउमा हुर्किँदै गरेको रुख काटेको आरोपमा गिटार शप र स्काइ फेसनलाई कारबाही गरिएको हो ।
उनीहरुले पसल छेकेको भन्दै अनुमतिविना रुख काटिदिएका थिए । नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले दुवै पसललाई १५ हजारका दरले जरिवाना लगाइएको बताए । महानगरले अनुमति विना कटान गर्दा प्रति हाँगा ५ हजार र रुख काटे १५ हजार जरिवाना हुने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण