सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मुद्दा मिलाइदिन्छु भन्दै घुस माग्ने प्रहरीका सई पक्राउ

मङ्गलबार, १२ मङ्सिर २०८०, १५ : १९
मङ्गलबार, १२ मङ्सिर २०८०

बर्दिया । सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको आरोपमा नेपाल प्रहरीका एक जना प्रहरी अधिकारी मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक पवन साउद रहेका छन् ।

बढैयाताल गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत साउदले लागूऔषध मुद्दा मिलाइदिने भन्दै घुस मागेका थिए । सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले साउदलाई सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित कार्यालयको मुद्दा शाखाबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप