आर्थिक वर्ष २०७९/८० मा निगमको उडान र यात्रु संख्या बढ्यो
काठमाडौँ । नेपाल वायुसेवा निगमले आर्थिक वर्ष २०७९/८० मा उडान र यात्रु संख्या बढेको जानकारी दिएको छ । वार्षिक प्रतिवेदन २०७९/८० अनुसार निगमको अन्तर्राष्ट्रिय उडान संख्या ३ हजार ७६८ भएको र ६ लाख २९ हजार १४७ संख्यामा यात्रु ओसारिएको छ ।
जसअनुसार निगमको बजार हिस्सा १६.५६ प्रतिशत रहेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । सोही अवधिको औसत सिट फ्याक्टर ८१ प्रतिशत रहेको उनको भनाइ छ । जुन तथ्यांकले निगमले बजार हिस्सा र व्यवसायमा बढोत्तरी एवं सुधार हुँदै गएको तथ्य पुष्टि हुने उनले बताए ।
‘राष्ट्रिय ध्वजावाहकको विमान संख्या सम्भावित बजारको तुलनामा कमी भएको तथ्य सर्वविदितै छ र सोही न्यून विमान संख्याका कारण बजार हिस्सामा कमी देखिनुलाई स्वाभाविक मान्नु पर्ने बाध्यता हामीसँग रहेको भए तापनि उडान संख्यामा कमी आउन नदिन निगम चनाखो र दृढ छ’, पौडेलको विज्ञप्तिमा भनिएको छ, ‘पर्याप्त संख्यामा जहाज नभएको कारण निगमको व्यावसायिक उपलब्धिका विविध अवरोधक हुँदाहुँदै पनि तुलनात्मक लाभका नयाँ गन्तव्यको खोजी कार्यलाई निगमले रणनीतिक प्राथमिकतामा राखेको छ ।’ प्रतिस्पर्धी बन्दै गइरहेको विश्व उड्डयन बजारमा निगमले आफूसँग उपलब्ध भएका न्यून स्रोतसाधनको पूर्ण क्षमतामा उपयोग गरी आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहसहित व्यावसायिक धर्मलाई थप दृढतापूर्वक आत्मसात् गर्ने प्रतिबद्धता जनाएको छ ।
यसअघि सन् २०१९ को उत्तराद्र्धबाट ‘कोभिड–१९’ महामारीको असरले समग्र विश्व अर्थव्यवस्थालाई आक्रान्त तुल्याएको कारण तत्कालीन अवस्थामा जारी विश्वव्यापी बन्दाबन्दीका कारण नेपालमा बाह्य मुलुकका विमानमार्फत अन्तर्राष्ट्रिय उडान सहज र नियमित नहुँदा बजार उपस्थिति सन् २०१९ बाट २०२० मा १८ प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेको तथ्यांकन भएको थियो ।
‘कोभिड–१९’ महामारीको असर न्युनीकरणोन्मुख हुँदै गएपछि विश्व पर्यटन तथा हवाई उद्योग क्रमशः चलायमान हुन थाल्यो र नेपालमा बाह्य मुलुकका विमानमार्फत अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुन थाल्यो’, निगमले भनेको छ, ‘यसबाट निगमको पूर्ववत् सन् २०२० मा तथ्यांकन भएको बजार हिस्सामा २०२१ मा तुलनात्मक रुपमा कमी देखिए तापनि निगमको उडान संख्या तथा निगमबाट यात्रा गर्ने यात्रु संख्यामा भने सन् २०२०, २०२१ बाट २०२२ मा दोब्बर भन्दा बढीले वृद्धि भएको छ र २०२३ को अन्त्यसम्ममा उक्त आँकडामा थप वृद्धि हुने देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण