बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल
काठमाडौँ । शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा रहेका पशुपतिनाथलगायत पवित्र मठ मन्दिरलाई स्वच्छ राख्ने विषयमा छलफल भएको छ ।
पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव राजुकुमार खत्रीले आज आयोजना गरेको छलफलमा बागमती सफाइ महाअभियानका अभियानकर्मीको सहभागिता थियो । छलफलमा ढल व्यवस्थापन, फोहर व्यवस्थापन, गौरीघाट सौन्दर्यीकरण, ब्रह्मनालबाट गौरीघाटसम्म भक्तजन हिँड्ने कोरिडोर निर्माण, पशुपतिको प्रत्येक द्वारमा हिँड्ने बाटो स्तरोन्नतिलगायत विषयमा छलफल भएको बागमती सफाइ महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
पशुपति आर्यघाटबाट निष्कासन हुने फोहर व्यवस्थापन, पशुपति क्षेत्रमा स्तरीय चमेना गृह एवं भोजन गृहको निर्माण, वाग्द्वारबाट पशुपतिनाथमा चढाउन स्वच्छ जल आपूर्तिका लागि पहल गर्ने विषयमा पनि छलफल भएको थियो ।
छलफलमा पूर्व मुख्यसचिव एवं बागमती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण