बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल
_C8cP9VhAIj.jpg)
काठमाडौँ । शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा रहेका पशुपतिनाथलगायत पवित्र मठ मन्दिरलाई स्वच्छ राख्ने विषयमा छलफल भएको छ ।
पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव राजुकुमार खत्रीले आज आयोजना गरेको छलफलमा बागमती सफाइ महाअभियानका अभियानकर्मीको सहभागिता थियो । छलफलमा ढल व्यवस्थापन, फोहर व्यवस्थापन, गौरीघाट सौन्दर्यीकरण, ब्रह्मनालबाट गौरीघाटसम्म भक्तजन हिँड्ने कोरिडोर निर्माण, पशुपतिको प्रत्येक द्वारमा हिँड्ने बाटो स्तरोन्नतिलगायत विषयमा छलफल भएको बागमती सफाइ महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
पशुपति आर्यघाटबाट निष्कासन हुने फोहर व्यवस्थापन, पशुपति क्षेत्रमा स्तरीय चमेना गृह एवं भोजन गृहको निर्माण, वाग्द्वारबाट पशुपतिनाथमा चढाउन स्वच्छ जल आपूर्तिका लागि पहल गर्ने विषयमा पनि छलफल भएको थियो ।
छलफलमा पूर्व मुख्यसचिव एवं बागमती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेललगायत अभियानकर्मीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेयर बजारमा उछाल
-
शिक्षक नेतालाई प्रश्न– विद्यालय शिक्षा ऐन गोजीमा हालेर घर फर्किनुभयो ? (भिडियोसहित)
-
गर्मीयाममा तपाईंको पनि आँखा रातो हुने समस्या छ ?
-
मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ
-
बेवारिसे सवारी साधन हटाउँदै वीरगञ्ज महानगर
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास