मौलापुरमा ३ करोडको लागतमा कृषि सेवा केन्द्र निर्माण हुँदै
रौतहट । रौतहटको मौलापुर नगरपालिका अन्तर्गत सुविधा सम्पन्न कृषि सेवा केन्द्र निर्माण हुने भएको छ। नगरप्रमुख रिना कुमारी साहको पहलमा मौलापुरमा ३ करोडको लागतमा सुविधा सम्पन्न कृषि सेवा केन्द्र निर्माण हुन लागेको हो।
रीड कार्यक्रम अन्तर्गत मौलापुर ४ स्थित पतौरामा ३ करोडको लागतमा सुविधा सम्पन्न अत्याधुनिक कृषि सेवा केन्द्र बन्ने निश्चित भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।
सेवा केन्द्र निर्माणको लागि रीड कार्यक्रमका प्रमुख रवीन्द्र मेहता एवं कर्मचारीहरूद्वारा मङ्गलवार स्थलगत निरीक्षण पश्चात् सबै प्रक्रिया पूरा भएको अधिकृत साहले जानकारी दिएका छन्।
निर्माण हुन लागेको कृषि सेवा केन्द्रमा कृषि प्रयोगशाला एवं आवश्यक उपकरण समेतको व्यवस्था हुनेछ । सेवा केन्द्र निर्माण पछि मौलापुरका हजारौँ किसानले लाभान्वित हुने नगरपालिकाले विश्वास लिएको छ।
नगरपालिकाले किसानलाई विभिन्न बालीको उन्नत जातको बीउ विजन, मलखाद, साथै अनेक प्रकारका कृषि उपकरण निःशुल्क वितरण गर्दै आएको छ। त्यसैगरी मौलापुर नगरपालिका अन्तर्गतका किसानले खेती किसानी गर्न प्रयोग गर्ने विद्युत् महसुल नगरपालिकाले बुझाउने गरेको छ भने जग्गा मालपोत शुल्क पनि निःशुल्क गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण