एमाले मधेस प्रदेश : लखन दासलाई हटाएर महतोलाई किन बनाइयो सचेतक ?
जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशका सचेत लखन दासलाई हटाएर हरिनारायण महतोलाई नियुक्त गरिएको छ । महतोलाई एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंगलबार प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।
धनुषा २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य दासलाई हटाएर धनुषा ४(१) बाट निर्वाचित हरिनारायण महतोलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।
प्रमुख सचेत दासले पार्टीभित्र गुटबन्दी गरेपछि पद खोसिएको स्रोतले जनाएको छ । तर यादवले भने आन्तरिक कार्य विभाजनअनुसार नयाँ सचेतक नियुक्त गरेको जिकिर गरे । ‘आन्तरिक कार्य विभाजन अन्तर्गत समय समयमा जिम्मेवारी परिवर्तन भइरहेको हुन्छ । सोही अनुरूप सांसद दासलाई हटाएर महतोलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो’, उनले भने ।
दास पार्टीको प्रदेश कमिटी सदस्य हुन् भने महतो केन्द्रीय सदस्य हुन् । संसद्मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिने लगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण