शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमाले मधेस प्रदेश : लखन दासलाई हटाएर महतोलाई किन बनाइयो सचेतक ?

बुधबार, १३ मङ्सिर २०८०, १० : ३३
बुधबार, १३ मङ्सिर २०८०

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशका सचेत लखन दासलाई हटाएर हरिनारायण महतोलाई नियुक्त गरिएको छ । महतोलाई एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंगलबार प्रमुख सचेतकमा नियुक्त गरेका छन् । 

धनुषा २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य दासलाई हटाएर धनुषा ४(१) बाट निर्वाचित हरिनारायण महतोलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए । 

प्रमुख सचेत दासले पार्टीभित्र गुटबन्दी गरेपछि पद खोसिएको स्रोतले जनाएको छ । तर यादवले भने आन्तरिक कार्य विभाजनअनुसार नयाँ सचेतक नियुक्त गरेको जिकिर गरे । ‘आन्तरिक कार्य विभाजन अन्तर्गत समय समयमा जिम्मेवारी परिवर्तन भइरहेको हुन्छ । सोही अनुरूप सांसद दासलाई हटाएर महतोलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो’, उनले भने । 

दास पार्टीको प्रदेश कमिटी सदस्य हुन् भने महतो केन्द्रीय सदस्य हुन् । संसद्‍मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिने लगायत महत्त्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप