शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

बुधबार, १३ मङ्सिर २०८०, १२ : ५३
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सुरु गरेको तीन महिने अभियान कात्तिकमा सकिए पनि त्यसलाई निरन्तरता दिने भएको छ ।

औपचारिक रूपमा त्यसको म्याद नथपिए पनि अभियानलाई निरन्तरता दिएको पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले बताए । बैठक बसेर अभियानको म्याद थप्ने निर्णय हुन्छ अहिलेलाई त्यही अभियानलाई निरन्तरता दिएको बताए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले बैठक तय भएको छैन, उनी काठमाडौँ फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने उनले बताए ।

विधान अधिवेशनबाट नयाँ विधान ल्याइ सकेपछि विधान अनुसार पार्टी पुनर्गठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो । त्यो अभियानबाट प्रदेश समिति र राष्ट्रिय समिति तथा केही जिल्ल र पालिका समिति पुनर्गठन गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मधेस प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समितिहरू पनि पुनर्गठन भइसकेका छन् ती समितिहरूको प्रतिवेदन पनि केन्द्रलाई प्राप्त भइसकेको बताए । अब जिल्ला र पालिकालाई गठन तथा पुनर्गठन गर्नका लागि अभियानलाई निरन्तरता दिने उनले बताए । अभियानको क्रममा पार्टीले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको थियो ।

केन्द्रीय समितिको बैठक पनि बस्ने बेला भएको छ । केन्द्रीय समितिको बैठक बस्नुअघि जिल्ला तथा पालिका एवं सम्पूर्ण भातृ सङ्गठन गरिसक्नु पर्ने हुन्छ । सबै सङ्गठन पुनर्गठन भइसकेपछि केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता सुमनले बताए । कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थपेपछि सङ्गठनलाई गठन तथा पुनर्गठनलाई तीव्रता दिइने उनले बताए ।

राष्ट्रिय समितिले जिल्ला समिति र जिल्ला समितिले पालिका समिति गठन गर्ने प्रावधान रहेको छ । प्रदेश र राष्ट्रिय समिति पुनर्गठनमा ढिलाइ भएको कारण जिल्ला र पालिका पुनर्गठनमा ढिलाइ भएको प्रचार प्रसार विभाग प्रमुख बस्नेतले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप