आर्थिक चुनौतीलाई देखाउँदै आजियाटाले गर्यो नेपालबाट बाहिरिने घोषणा
काठमाडौँ । निजी दूरसञ्चार सेवा कम्पनी एनसेलको मातृ कम्पनी आजियाटाले नेपालबाट आफ्नो लगानी झिक्ने घोषणा गरेको छ । मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले नेपालको पछिल्लो आर्थिक दृश्य थप चुनौतीपूर्ण देखिएको बताउँदै आफ्नो लगानी झिक्न लागेको जनाएको हो ।
बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले आफ्नो स्वामित्वको सेयर बेचर छिट्टै नेपालबाट बाहिरिन चाहेको बताएको छ । यसका लागि नेपालस्थित नियामक निकायलाई समेत जानकारी गराइसकिएको एनसेलद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।
नेपालबाट बाहिरिने निर्णयले आजियाटालाई थप मजबुत बनाउने र दीर्घकालीन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
८ वर्ष अगाडी आजियाटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो । जसमध्ये ८० प्रतिशत सेयर स्वामित्व मलेसियन दूरसञ्चार कम्पनी आजियाटाको रहेको छ भने बाँकी २० प्रतिशत सेयर नेपालका विभिन्न कम्पनी तथा व्यक्तिको नाममा रहेको छ ।
सोही ८० प्रतिशत सेयर बेचर आजियाटा नेपालबाट बाहिरिन चाहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण