शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

आर्थिक चुनौतीलाई देखाउँदै आजियाटाले गर्‍यो नेपालबाट बाहिरिने घोषणा

बुधबार, १३ मङ्सिर २०८०, १५ : ११
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । निजी दूरसञ्चार सेवा कम्पनी एनसेलको मातृ कम्पनी  आजियाटाले नेपालबाट आफ्नो लगानी झिक्ने घोषणा गरेको छ । मलेसियन दूरसञ्चार कम्पनी आजियाटाले नेपालको पछिल्लो आर्थिक दृश्य थप चुनौतीपूर्ण देखिएको बताउँदै आफ्नो लगानी झिक्न लागेको जनाएको हो ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले आफ्नो स्वामित्वको सेयर बेचर छिट्टै नेपालबाट बाहिरिन चाहेको बताएको छ । यसका लागि नेपालस्थित नियामक निकायलाई समेत जानकारी गराइसकिएको एनसेलद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

नेपालबाट बाहिरिने निर्णयले आजियाटालाई थप मजबुत बनाउने र दीर्घकालीन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

८ वर्ष अगाडी आजियाटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो । जसमध्ये ८० प्रतिशत सेयर स्वामित्व मलेसियन दूरसञ्चार कम्पनी आजियाटाको रहेको छ भने बाँकी २० प्रतिशत सेयर नेपालका विभिन्न कम्पनी तथा व्यक्तिको नाममा रहेको छ । 

सोही ८० प्रतिशत सेयर बेचर आजियाटा नेपालबाट बाहिरिन चाहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप