बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जुनसुकै विषयमा स्नातक गरेकाले स्नातकोत्तरमा अंग्रेजी पनि पढ्न पाउने

बुधबार, १३ मङ्सिर २०८०, १८ : ३६
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका छन् । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो । 

त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको, वा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कुनैपनि विश्वविद्यालयबाट न्यूनतम १०० पूर्णाङ्क वा सो सरह अंग्रेजीसहित कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकोले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका हुन् ।

अंग्रेजी मात्रृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकाले समेत पढ्न पाउनेछन् । 

त्यही आधारमा एमए अंग्रेजी अध्ययनका लागि आवेदन दिन विभागीय प्रमुख प्राडा जीवलाल सापकोटाले बताए । यसअघि नेपाली विषयमा समेत यस्तै निर्णय गरिएको थियो।

t

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप