जुनसुकै विषयमा स्नातक गरेकाले स्नातकोत्तरमा अंग्रेजी पनि पढ्न पाउने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका छन् । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार जुनसुकै विषयमा स्नातक तह पास गरेकाले स्नातकोत्तर तहमा अंग्रेजी विषय पढ्न दिने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको, वा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कुनैपनि विश्वविद्यालयबाट न्यूनतम १०० पूर्णाङ्क वा सो सरह अंग्रेजीसहित कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकोले स्नातकोत्तर तहमा अंग्रेजी पढ्न पाउने भएका हुन् ।
अंग्रेजी मात्रृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनैपनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको समकक्षता प्राप्त गरेकाले समेत पढ्न पाउनेछन् ।
त्यही आधारमा एमए अंग्रेजी अध्ययनका लागि आवेदन दिन विभागीय प्रमुख प्राडा जीवलाल सापकोटाले बताए । यसअघि नेपाली विषयमा समेत यस्तै निर्णय गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण