लेन्सविरुद्ध गोल वर्षापछि आर्सनल समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनल समूह विजेता बन्दै युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । समूह ‘बी’ अन्तर्गत बुधबार राति खेलिएको खेलमा आर्सनलले लेन्समाथि ६—० गोलको फराकिलो अन्तरको जित हासिल गर्यो ।
त्यो नतिजापछि आर्सनल समूह विजेताका रुपमा च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको हो । इमिरेट्स रंगशालामा खेलिएको लेन्सविरुद्धको खेलमा आर्सनलले पहिलो हाफमै पाँच गोल गरेको थियो । आर्सनलले खेलको दोस्रो हाफमा एक गोल थपेको थियो ।
खेल सुरु भएको १३औँ मिनेटमा काई ह्याभर्जले पहिलो गोल गरेका थिए । २१औँ मिनेटमा ग्याब्रियल जिससले टोलीको अग्रता दोब्बर बनाएका थिए । एकपिक्षीय खेलको २३ औँ मिनेटमा आर्सनलका लागि बुकायो साकाले तेस्रो गोल थपेका थिए ।
त्यसपछि खेलको २७ औँ मिनेटमा आर्सनलले ४—० गोलको अग्रता हासिल गरेको थियो । आर्सनलका लागि चौथो गोल ग्याब्रियल मार्टिनेल्लीले गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा मार्टिन ओडेगार्डले आर्सनललाई ५—० गोलको अग्रता दिलाएका थिए ।
आर्सनलका लागि छैटौँ गोल भने निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि जर्जिन्होले गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । समूह ‘बी’ मा सहभागी चारवटै टोलीले पाँच—पाँच खेल खेलिसकेका छन् ।
आर्सनल १२ अंकसहित पहिलो, पीएसभी आइन्डहोभन आठ अंकसहित दोस्रो, लेन्स पाँच अंकसहित तेस्रो र सेभिया दुई अंकसहित चौथो स्थानमा छन् । आर्सनलसँगै पीएसभी पनि प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । लेन्स र सेभिया भने उपाधि होडबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण