यहाँहरू ढुक्क हुनुस्, देश बनाउने जिम्मा एमालेले लिन्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने जिम्मा अब एमालेले लिने बताएका छन् । बिहीबार गोठलापानीमा ‘झुलाघाट–चिवा भन्ज्याङ यात्रा’को पहिलो आरम्भ सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस देशमा नेकपा एमाले रहेको भन्दै देशलाई पराधीन हुन नदिने दाबी गरे ।
‘यस देशको भूगोलको रक्षा एमालेले गर्छ । सार्वभौम सत्ताको रक्षा एमालेले गर्छ । देशको स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा एमालेले गर्छ’, ओलीले भने, ‘जनताका हितका निम्ति गर्नुपर्ने काम एमालेले गर्छ । आवश्यक कदम चाल्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले विकासलाई साकार बनाइ छाड्ने भन्दै एमालेको नेतृत्वमा गरिबीबाट देशलाई मुक्त गरेर समृद्ध र धनी देश बनाउने बताए ।
उनले एमालेले कुनै पनि नाउमा जनता भाँड्ने र जनतालाई अलग थलग पार्दै जनताका बीचमा मारमुङ्ग्री मच्चाउने किसिमका क्रियाकलापलाई अगाडि बढ्न नदिने बताए । उनले देश बनाउने जिम्मा एमालेले लिने भन्दै ढुक्क रहन आग्रह पनि गरे ।
‘त्यसकारण देश बनाउने जिम्मा नेकपा एमालेले लिन्छ । यहाँहरू ढुक्क हुनुस्’, ओलीको भनाइ छ । यसैकारण झुलाघाट चिवा भन्ज्याङ यात्रा सुरु गरिएको भन्दै बाहिर निस्केर जाडो याममा गरम पारेको ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण