‘एनिमल’ रिलिज, ९ लाख बढी टिकट एडभान्स बुकिङ
मुम्बई । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ आज (शुक्रवार) बाट रिलिज भएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि रणवीरको यस फिल्म हेर्न दर्शक आतुर थिए । फिल्ममा रहेको उनको लुक्सले दर्शक लोभ्याएको थियो ।
ट्रेलरमा उनको केही एक्सन दृश्य पनि छ । फिल्मको ओपनिङ समेत राम्रो हुने अनुमान छ । किनभने फिल्मको ९ लाख बढी टिकट एडभान्स बुकिङ छ । ओपनिङमै ५० करोडको कारोबार गर्ने अनुमान गरिएको यो फिल्म रणवीरको अहिलेसम्मकै राम्रो कमाई गर्ने फिल्ममा पर्न सक्छ ।
रणवीरले यो फिल्ममा एक्सन पनि धेरै गरेका छन् । उनले धेरै एक्सन गरेको यो पहिलो फिल्म हो । उनको अहिलेसम्मको करियरमा सबैभन्दा बढी कमाउने फिल्म सञ्जु भनिएको छ । फिल्मले बक्स अफिसमा ५८६ करोडको व्यवसाय गरेको थियो । यसले त्यो भन्दा पनि व्यवसाय गर्ने अनुमान गरिएको छ ।
सन्दीप रेड्डी भांगा निर्देशित ‘एनिमल’को कथावस्तु बाबु र छोराबिचको ‘प्रेम र घृणा’ले भरिएको छ । फिल्ममा अनिल कपुरले उनको बुबाको भूमिका निर्वाह गरेका छन् । रणवीर अनिलको अलवा फिल्ममा रश्मिका मन्दाना र बबी देओल पनि मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण