नेपालमा एचआईभी नियन्त्रणको अन्त्य गर्न चुनौती
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् ।
३६ औँ विश्व एड्स दिवसको अवसरमा शुक्रवार स्वास्थ्य मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म १२ वर्षको अवधिमा नयाँ एचआईभी संक्रमण दर ७७ प्रतिशतले घट्नु र एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यो क्षेत्रका लागि ठुलो उपलब्धि भएको एक सन्देशमार्फत बताएका हुन् ।
नेपालबाट सन् २०३० सम्म एचआईभी उन्मुलन गर्ने लक्ष्य प्राप्त चुनौतीपूर्ण भएकाले एचआईभी उन्मुलनका लागि समुदायसँग हातेमालो गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको मन्त्री बस्नेतले उल्लेख गरेका छन् ।
यसैबिच शुक्रवार विभिन्न कार्यक्रमका साथ नेपालमा पनि ३६ औँ विश्व एड्स दिवस मनाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले शुक्रवार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले एचआईभी संक्रमण दर घटाउनले नेपालले सफलता हासिल गरेको भए पनि अन्त्य गर्न अझै चुनौती रहेको बताए ।
अहिले पनि समाजमा एचआईभी संक्रमित प्रति गरिने भेदभाव व्याप्त रहेकोले त्यसलाई कम गर्न समाजका सबै पक्षको सहकार्य हुनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले एचआईभी पनि अन्य रोग जस्तै औषधिको सेवनले निको हुने भएको बताउँदै यसको सङ्क्रमितमाथि हुने भेदभाव अन्त्य गर्न जनचेतना बिस्तारमा जोड दिनु पर्ने आवश्यकता रहेको बताइन् ।
विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि डा. पापाले नेपालले एचआईभी संक्रमण दर घटाउनमा गरेको काम प्रशंसनीय भए पनि चुनौती बाँकी नै रहेको बताइन् ।
कार्यक्रममा राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरले नेपालमा सन् २०२२ को अन्त्यसम्म करिब ३० हजार एचआईभी संक्रमित रहेको जानकारी दिँदै अबको चुनौती सामना गर्न समुदायको नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।
यो वर्षको नारा नै समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ रहेको बताउँदै डा। ठाकुरले सबै पक्षको सहयोग र सहकार्यमा सन् २०३० सम्म एचआईभी अन्त्य गर्न सकिने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण