जनमतले गर्यो अधिवेशनको मिति तय
शुक्रबार, १५ मङ्सिर २०८०, १५ : ५५
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गर्ने मिति घोषणा गरेको छ ।
जनमत पार्टीका प्रवक्ता डा.शरतसिंह यादवका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म सबै वडा समितिको अधिवेशन गरिसक्नु पर्ने हुन्छ । त्यस्तै माघ १५ गतेदेखि फागुन १५ गतेसम्म सम्पूर्ण पालिका समितिको अधिवेशन गर्ने मिति तय भएको प्रवक्ता यादवले बताएका छन् ।
चैत ३ गते सम्पूर्ण जिल्लाको अधिवेशन गर्ने तथा २०८१ वैशाख २४–३० गतेसम्म प्रदेशको अधिवेशन गरिसक्नु पर्ने पार्टीले निर्णय गरेको उनले बताए । वडा तथा पालिकाको अधिवेशन बारे भएको निर्णयको माइन्युट फागुन २० गतेभित्र पार्टी केन्द्रीय सचिवालयलाई पठाउन पनि वडा तथा पालिका समितिलाई पार्टीले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण