जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्छौँ : मन्त्री ज्वाला
शनिबार, १६ मङ्सिर २०८०, १२ : २९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरूको भुक्तानी गर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीहरूको भुक्तानी दिए मात्रै अर्थतन्त्र चलायमान हुने बताए ।
अहिले पनि अर्थतन्त्र सङ्कटमा रहेको बताउँदै उनले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भने पनि अर्थतन्त्र सङ्कटमा रहेको तर भयावह अवस्थामा भने नरहेको दाबी गरे । उनले अर्थतन्त्र धेरै नै दबाबमा छ भनेर निराशा फैल्याउन नहुनेमा जोड दिए ।
मन्त्री ज्वालाले लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको र लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण