३४औँ दिनमा सकियो 'अञ्जिला'को छायाङ्कन
काठमाडौँ । फिल्म ‘अञ्जिला’को छायाङ्कन सकिएको छ । नियमित ३४औँ दिनको छायाङ्कन पछि फिल्म सकिएको हो । शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा एन्जिला तुम्बापो सुब्बाको अन्तिम दृश्य कैद गर्दै फिल्मको इन्ड क्ल्याप गरिएको हो ।
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको फिल्मका निर्देशन मिलन चाम्स हुन् । एन्जिलाकै जन्मथलो इलाममा धेरै छायाङ्कन भएको फिल्म झापा र काठमाडौँमा यस छायाङ्कन भएको हो ।
फिल्ममा एन्जिलाको अलवा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको अभिनय देख्न सकिन्छ
झन्डै दुई वर्ष अघि घोषणा गरी अहिले छायाङ्कन भएको यो फिल्म उपयुक्त मिति हेरी रिलिज गरिने निर्देशक चाम्सले बताए ।
एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथा फिल्ममा देख्न सकिनेछ ।
२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन्
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण