बागमती प्रदेशसभामा सर्वदलीय बैठक सुरु
काठमाडौँ । बागमती प्रदेशसभामा सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको उपस्थितिमा सर्वदलीय बैठक सुरु भएको हो ।
बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने बताइएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो । बैठकले बजेट पारित गर्दाको बखतमा प्रतिपक्ष दलहरूसँग भएको सम्झौताका विषयमा समेत छलफल हुने जनाइएको छ ।
बैठकमा नेमकिपा सहभागी छैन । सत्तारुढ माओवादी केन्द्रबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित प्रमुख सचेतक रत्नप्रसाद ढकाल, कांग्रेस दलका नेता बहादुरसिंह लामा, सचेतक गोविन्द लम्साल, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य सहभागी छन् । त्यसैगरी प्रमुख प्रतिपक्ष नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया, मुख्य सचेतक मधुसूदन पौडेल, सांसद केशवप्रसाद पोखरेल, राप्रपाका दलका नेता उद्धव थापा र कुमारी तामाङ सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण