शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको सुन्दर हरैचा नगर समिति पुनर्गठन

आइतबार, १७ मङ्सिर २०८०, १५ : १८
आइतबार, १७ मङ्सिर २०८०

मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुन्दर हरैचा नगर समिति पुनर्गठन भएको छ । गछियास्थित नगर समितिको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट शंकर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन भएको हो ।  

समितिको उपाध्यक्षमा बलिराम राई, सचिव भोगेन्द्र याम्फु, कोषाध्यक्ष आरती राई सह कोषाध्यक्ष विक्रम याम्फु चयन भएका छन् । पुनर्गठन कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य कुन्ता राई रहेकी थिइन् । जसपाको कोशी प्रदेशस्तरीय बैठकबाट पार्टीका केन्द्रीय सदस्यहरूलाई नगर र गाउँ समिति पुनर्गठनको जिम्मेवारीमा खटाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप