आँचल अभिनित साउथ फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज
काठमाडौँ । इन्डो नेपाली फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच रिलिज फिल्मको पोष्टर अभिनेत्री आँचल शर्मा पनि अटाएकी छन् । टिजरमा भने उनी देखिएकी छैनन् ।
फिल्ममा आँचल शर्मा, विष्णु अधिकारी, प्रशान्त ताम्राकार लगायतको मुख्य भुमिका छ । फिल्म नेपाल र भारतको अलवा ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा समेत रिलिज हुनेछ । फिल्मले नेपाल र भारतका दर्शकलाई जोड्ने विश्वास गरिएको छ ।
फिल्मका निर्देशक अभिनेता विष्णु अधिकारी हुन् । उनले फिल्मलाई उत्कृष्ट बनाउन बिभिन्न ५ देशमा छायांकन गरिएको बताए । फिल्म रिलिज पश्चात अभिनेत्री आँचल शर्मालाई तेलगु इन्ड्स्ट्रीजले समेत खोज्ने उनको धारणा छ ।
कार्यक्रममा पोस्टरमा देखिए पनि टिजरमा नदेखिएकी आँचलले फिल्मको आगामी ट्रेलरमा आफू धमाकेदार शैलीमा देखिने बताइन् । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गरेका छन् । फिल्म आउदो फेब्रुअरीमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण