यस्तो छ फिल्म ‘चिट्ठी’को पहिलो गीत ‘टुटेको तारा’
सोमबार, १८ मङ्सिर २०८०, १६ : ११
काठमाडौँ । माधवराज खरेलको लेखन र निर्देशन रहेको फिल्म चिट्ठीको पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ । शिव परियारको स्वर, डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा सरोज कोइरालाको संगीत छ ।
कमेडी जनरामा निर्माण भएको फिल्ममा खड्गबहादुर पुन मगर “खबपु”, गोपाल ढकाल “छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रविण भुषाल, श्रीदेव भट्टराई लगायतको अभिनय छ ।
जीवन पराजुली र राजन खरेलको छायाँकन रहेको फिल्ममा निर्देशक खरेल र अच्यूत बजगाईको छायांकन छ । फिल्मका सहायक निर्माता अनिता कुँवर, समिर खान र कृष्णादेवी आचार्य हुन् ।
काठमाडौँ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको फिल्मको प्रदर्शन मिति जुर्न बाँकी छ । एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण