सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ईयूको कालोसूचीबाट नेपालको हवाई उडान क्षेत्र नहट्नुमा नेपाल एयरलाइन्सको दोष छैन : प्रवक्ता पौडेल

सोमबार, १८ मङ्सिर २०८०, १८ : ०२
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियन युनियन (ईयू) ले कालोसूचीबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।  

 ईयूको पछिल्लो अडिट रिपोर्टमा पनि नेपालको हवाई क्षेत्र कालोसूचीबाट नहट्नुमा निगम जिम्मेवार रहेको भनी केही समाचार माध्यमले समाचार सम्प्रेषित गरेकोमा आपत्ति जनाउँदै निगमका प्रवक्ता रमेश पौडेलले यस्तो स्पष्टीकरण दिएका हुन् । 

प्रवक्ता पौडेलले सोमबार अपराह्न न्युज एजेन्सी नेपालसँग प्रतिक्रिया दिँदै ईयूको सो प्रतिवेदन नेपालको समग्र हवाई उडान क्षेत्रकै अडिट गरेर आएकाले त्यसमा निगमको कमजोरी भन्न नमिल्ने तर्क गरे । उनले निगमको कमजोरीलाई ईयूले औँल्याएर नेपालको हवाई उडानलाई कालोसूचीमा राखेको भए नेपालका अन्य वायुसेवा प्रदायक संस्थाहरुले  ईयूबाट अडान अनुमति पाउने प्रावधान रहेको स्मरण गराए । 

प्रवक्ता पौडेलले इयूको कालोसूचीबाट नेपालको हवाई उडान क्षेत्रलाई हटाउनका लागि सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्नेमा आवश्यक पनि औँल्याए । ईयूले २९ नोभेम्बर २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको हवाई उडानको क्षेत्रलाई फेरि पनि कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । प्रवक्ता पौडेलले त्यो अडिट रिर्पोट समग्र नेपालको हवाई उडान क्षेत्रको भएकाले त्यसमा निगमको कमजोरीले भएको भन्न नमिल्ने बताए ।

प्रवक्ता पौडेलले आम मानिसमा भ्रम छरेर निगममाथि दोष थोपर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप