मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, ११ लाख भन्दा बढीको हात खाली
मङ्गलबार, १९ मङ्सिर २०८०, ११ : ३४
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) १ लाख १४ हजार ८०० जनाले पाएका छन् । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार बाँडफाँट गर्दै कूल आवेदकमध्ये १ लाख १४ हजारले सेयर पाएको जनाएको हो ।
आईपीओमा १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । जबकि, कम्पनीले ११ लाख ४८ हजार कित्ता मात्रै सेयर बिक्री खुलाएको थियो । यसमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन मात्रै स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।
मंसिर ८ देखि १२ गतेसम्म सेयर बिक्री खुलाएको कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो । बाँकी ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण