७ वर्षपछि ‘अभेद्य’मा सहकार्य गर्दै हरि र दीपेश
काठमाडौँ । निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ)को सहकार्यमा फिल्म ‘अभेद्य’ निर्माण हुने भएको छ । आगामी नयाँ वर्ष अर्थात २०२४ को सुरुवातमै छायाङ्कन हुने फिल्म रोमान्स थ्रिलर जनरामा बन्न लागेको हो ।
फिल्मको कलाकार र प्राविधिक टुङ्गो लागि सकेको भए तापनि केही समयपछि मात्रै सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक सापकोटा र निर्माता भट्टले झन्डै ७ वर्षअघि ‘मन्दिरा’ नामक फिल्ममा सहकार्य गरेका थिए । फिल्म सन् २०१६ मा रिलिज भएको थियो ।
सापकोटा निर्देशित पछिल्लो फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ कोरोना कालमा प्रदर्शनमा आएको थियो ।
निर्माता भट्टले भने यसअघि ‘छोरीको कर्म’, ‘सहारा’, ‘मन्दिरा’ र ‘घन चक्कर’ लगायतका फिल्म निर्माण गरेका छन् । हालै प्याराग्लाइडिङसँग सम्बन्धित डकुमेन्ट्री ‘सुवास द एक्रो पाइलट’ निर्माण गरेका भट्ट ‘अभेद्य’ निर्माणमा उत्कृष्ट बनाउन हर सम्भव प्रयास गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण