उपरथी अशोक सिग्देलको ‘जन्ममिति विवाद’ छानबिन गर्न रक्षालाई अख्तियारको पत्र
काठमाडौँ । जन्ममिति किर्ते गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिए । पाण्डेले कार्तिक २४ मा बुझाएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।
ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएसँगै जंगी अड्डाले अर्का उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको छ । सिग्देललाई रथीमा बढुवा गर्न मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने फाइल रक्षा मन्त्रालयमा छ । तर, सिग्देलको अर्को ‘विवादित’ फाइल पनि रक्षा मन्त्रालयमा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको ‘जन्ममिति विवाद’ छानबिन गरेर जानकारी गराउन रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । सिग्देलविरुद्ध परेको उजुरी सँगै राखेर आवश्यक छानबिन गर्न रक्षामा पत्राचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
ती अधिकारी भन्छन्, ‘आयोगमा उजुरी आएको थियो, आवश्यक छानबिन गरेर रिपोर्ट पठाउन रक्षा मन्त्रालयमा पठाएका छौँ ।’
जंगी अड्डाले मङ्सिर ८ मा सिग्देललाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन गरेको ७ दिनपछि जंगी अड्डाले उनलाई रथीमा बढुवा गर्न सिफारिस गरेको हो ।
के हो विवाद ?
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ घर भएका अशोकराज सिग्देलको वास्तविक जन्ममिति २०२१ चैत १९ भए पनि उनले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा २०२३ माघ १९ बनाएको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।
सिग्देलले २०४० असोज ९ मा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट नागरिकताको प्रमाणपत्र लिँदा १९ वर्ष उल्लेख गरेको भेटिएको छ । जिल्ला प्रशासनको ढड्डामा उनको जन्ममिति २०२१ साल उल्लेख छ ।
प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सुपिङ क्याम्पसबाट सिग्देलले जन्ममिति २०२३ साल माघ १९ उल्लेख गरेर ‘जो जससँग सम्बन्धित छ’ भनेर एउटा पत्र लिएको भेटिएको छ । तर, क्याम्पसको अभिलेखमा उनको जन्ममिति २०२१ नै उल्लेख छ ।
सुपिङ क्याम्पसको पत्रको आधारमा नागरिकतामा उल्लेखित १९ वर्षलाई केरमेट गरेर १६ वर्ष उल्लेख गरी उनी २०४३ फागुनमा नेपाली सेनामा भर्ना भएको उजुरकर्ताले दाबी गरेका छन् ।
सिग्देलले २०५८ मा जाजरकोट जिल्लाबाट प्रतिलिपी नागरिकता बनाएका थिए । त्यसबेला चलखेल गरेर उनले नागरिकतामा जन्ममिति २०२३ माघ १९ कायम गराएको उजुरकर्ताको दाबी छ । २०७६ मा उपरथीमा बढुवा हुने बेला उजुरी परेपछि उनले त्रिभुवन विश्वविद्यालय र प्रवेशिका परीक्षा (एसएलसी) को अभिलेखमा समेत केरमेट गरेको उजुरकर्ताले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ औँ राष्ट्रिय महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ : विष्णु पौडेल
-
ठमेलमा झगडा गरेको आरोपमा ५ जना पक्राउ
-
सिजन सुन्तलाको, कालीमाटीमा देखियो यस्तो दृश्य
-
पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्छ : सरोकारवाला
-
बिहीबारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने
-
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी