एनसेलको शेयर बिक्रीबारे अर्थ र सार्वजनिक लेखा समितिमा छलफल हुने
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे छलफल हुने भएको छ । लेखा समितिको बैठक बुधवार बिहान ११ बजे बोलाइएको छ भने सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले दुरसञ्चार प्राधिकरणलाई बोलाएर एनसेल र नेपाल टेलिकमको राजस्वका बारेमा छलफल गर्न लागिएको रातोपाटीलाई बताए ।
उनले भने, ‘एनसेलले आफ्नो शेयर बिक्री गरेको भन्ने सुन्नमा आएको छ । समितिका २५ जना सदस्य बैठकमा बसेर यसबारे के भएको छलफल गर्दै छौँ ।’
यता सार्वजनिक लेखा समितिले पनि एनसेन खरिद बिक्रीको बारेमा सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । समितिले यसअघि एनसेलको शेयर बिक्रीबारे विभिन्न ९ वटा प्रश्न गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टरको कार्यालय, र आन्तरिक राजस्व विभागलाई पत्र पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको स्टोर आगलागी छानबिन समितिले बुझायो प्रतिवेदन
-
न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ
-
बाँकेमा नियमित खोप डीपीटी र पोलियो अभाव
-
कोशीका मुख्यमन्त्री र मुख्य न्यायाधिवक्तालाई कारबाही हुनसक्छ ?
-
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला दिनभरको मौसम ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर