सबैको रेकर्ड तोड्दै एनिमल
नयाँ दिल्ली । रणवीर कपरले एनिमलको रुपमा ज्वाकपट पाएका छन् । शुक्रबार रिलिज भएको यो फिल्मले चार दिनमा विश्वभर ४ अर्ब २५ करोड भारु कलेक्सन गरेको छ ।
भारतभर भने फिल्मले सोमबार ४४ करोड भारु कमाएको छ । हिन्दी भाषामा ४० करोड भारु र दक्षिण भारतमा ४ करोड भारुको कलेक्सन छ । योसँगै भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन २ अर्ब ४६ करोड २३ लाख भारु छ । सोमबार हिन्दी भर्जनको ओभरअल अकुपेन्सी ४८ दशमलव ९ प्रतिशत थियो ।
पहिलो सोमबार जवानको रेकर्ड तोड्यो
फिल्मको हिन्दी भर्सनले पहिलो सोमबार ४० करोड भारु कलेक्सन गर्ने शाहरुख खानको जवानको रेकर्ड तोडेको छ । जवानले पहिलो सोमबार ३२ करोड भारु कमाएको थियो । शाहरुख खानको यो फिल्म यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म हो । फिल्मको वल्र्डवाइड कलेक्सन ११ अर्ब भारु थियो ।
एनिमलले आइतबार तेस्रो दिन ७५ करोड भारु कमाएर नयाँ रेकर्ड बनाएको थियो । मात्रै ३ दिनमा फिल्मले ३ अर्ब ५६ करोड भारुको कमाइ गर्यो । यसको साथै फिल्मले विकेन्ड कलेक्शनमा दोस्रो ठूलो फिल्म पठानको रेकर्ड तोड्यो । तर फिल्मले जवानको वल्र्डवाइड रेकर्ड तोड्नेमा केहीले भने आशंका गरेका छन् ।
यद्यपि, यसले ब्रम्हास्त्रको रेकर्ड तोड्ने र रणवीरको सबैभन्दा ठूलो हिट फिल्म बन्न सक्ने बताइएको छ । रणवीरले आफ्नो १६ वर्षको फिल्मी करियरमा २० फिल्ममा काम गरेका छन् । योमध्ये ११ ओटा फिल्म फ्लप थिए भने ९ ओटा मात्रै हिट छन् । करियरको हिसाबले एनिमल उनको लागि निकै महत्त्वपूर्ण फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण