शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेलले भन्यो–सेयर धनी परिवर्तनले हाम्रो सेवा र सुविधामा अवरोध हुँदैन

मङ्गलबार, १९ मङ्सिर २०८०, १८ : ५२
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल सेयर धनी परिवर्तनले आफ्नो सेवा र सुविधामा अवरोध नहुने प्रस्ट पारेको छ । मंगलबार एक सूचना जारी गर्दै एनसेलले कम्पनीको सेयर धनी परिवर्तन हाल प्रदान गरिँदै आएको सेवा र सुविधाहरुमा कुनै पनि अवरोध नपर्ने जानकारी गराएका हो ।  

एनसेलले भनेको छ,‘एनसेलको सिद्धान्त “हामी तपाईँकै लागि” मा अडिग रही, विगत १८ वर्ष जसरी नै आगामी दिनमा पनि उही उत्साह र समर्पणका साथ गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।’

एनसेलले आगामी दिनमा पनि नेपाल र नेपालीको विकास र समृद्धिका लागि समर्पित रहने बताएको छ ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको छ ।  

n 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप