एनसेलको शेयर बिक्रीबारे आज अर्थ र लेखा समितिमा छलफल हुने
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेका अर्थ समिति र सार्वजनिक लेखा समितिमा मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्रीबारे छलफल हुने भएको छ । लेखा समितिको बैठक आज बिहान ११ बजे बोलाइएको छ भने सार्वजनिक लेखा समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले दुरसञ्चार प्राधिकरणलाई बोलाएर एनसेल र नेपाल टेलिकमको राजस्वका बारेमा छलफल गर्न लागिएको रातोपाटीलाई बताए ।
उनले भने, ‘एनसेलले आफ्नो शेयर बिक्री गरेको भन्ने सुन्नमा आएको छ । समितिका २५ जना सदस्य बैठकमा बसेर यसबारे के भएको छलफल गर्दै छौँ ।’
यता सार्वजनिक लेखा समितिले पनि एनसेन खरिद बिक्रीको बारेमा सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । समितिले यसअघि एनसेलको शेयर बिक्रीबारे विभिन्न ९ वटा प्रश्न गर्दै नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्टरको कार्यालय, र आन्तरिक राजस्व विभागलाई पत्र पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण