एनसेल खरिद-बिक्रीबारे सत्यतथ्य सार्वजनिक गर्न राप्रपाको माग
बुधबार, २० मङ्सिर २०८०, ०७ : ३५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एनसेल शेयर बिक्रीका विषयमा यथार्थ विवरण अविलम्ब सार्वजनिक गरी सत्यतथ्य छानबिन गर्न माग गरेको छ । पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा राप्रपाले यस विषयमा यथार्थ विवरण अविलम्ब सार्वजनिक गरी सत्यतथ्य छानबिन गर्न माग गरिएको हो ।
अर्बौँको कर छल्ने, नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार कानुन विपरीत भएको शेयर खरिदबिक्री भएको सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस विषयमा विदेशी लगानीलाई दुरुत्साहन नहुने गरी भ्रष्टाचारजन्य कामकारबाही हुन नदिन पूर्व सावधानीका साथ विवरण सार्वजनिक गर्न राप्रपाले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण