बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सात गोलको थ्रिलरमा आर्सनल विजयी

बुधबार, २० मङ्सिर २०८०, ०९ : ५१
बुधबार, २० मङ्सिर २०८०

लण्डन । डेक्लन राइसले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दा आर्सनलले लुटनलाई सात गोलको थ्रिलरमा ४–३ गोलले पराजित गरेको छ । जीतसँगै आर्सनलले प्रियिमर लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भएको हो ।

खेलको २० औँ मिनेटमा ग्याब्रियल मार्टिनेलीले बुकायो साकाको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, लगत्तै ग्याब्रियल ओसोले लुटनका लागि बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम मिनेटमा ग्याब्रियल जिसुसले गोल गर्दै पुनः आर्सनललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमा इलिजा अडेबायोले लुटनलाई खेलमा फर्काए । ५७ औँ मिनेटमा रस बार्केलीले लुटनलाई अग्रता दिलाए । यद्यपि, तीन मिनेटपछि नै काई हाभर्टजले आर्सनलका लागि बराबरी गोल फर्काए ।

खेल बराबरीतर्फ अघि बढिरहँदा कप्तान मार्टिन ओडेगार्डको क्रसमा राइसले गोल गर्दै लुटनलाई स्तब्ध बनाए । जीतपछि १५ खेलबाट आर्सनलको ३६ अङ्क रहेको छ । एक खेल कम खेलेको लिभरपुल ३१ अङ्कसहित दोस्रो स्थानमा छ । लुटन ९ अङ्कसहित १७ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप