सात गोलको थ्रिलरमा आर्सनल विजयी
लण्डन । डेक्लन राइसले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दा आर्सनलले लुटनलाई सात गोलको थ्रिलरमा ४–३ गोलले पराजित गरेको छ । जीतसँगै आर्सनलले प्रियिमर लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
खेलको २० औँ मिनेटमा ग्याब्रियल मार्टिनेलीले बुकायो साकाको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, लगत्तै ग्याब्रियल ओसोले लुटनका लागि बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम मिनेटमा ग्याब्रियल जिसुसले गोल गर्दै पुनः आर्सनललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमा इलिजा अडेबायोले लुटनलाई खेलमा फर्काए । ५७ औँ मिनेटमा रस बार्केलीले लुटनलाई अग्रता दिलाए । यद्यपि, तीन मिनेटपछि नै काई हाभर्टजले आर्सनलका लागि बराबरी गोल फर्काए ।
खेल बराबरीतर्फ अघि बढिरहँदा कप्तान मार्टिन ओडेगार्डको क्रसमा राइसले गोल गर्दै लुटनलाई स्तब्ध बनाए । जीतपछि १५ खेलबाट आर्सनलको ३६ अङ्क रहेको छ । एक खेल कम खेलेको लिभरपुल ३१ अङ्कसहित दोस्रो स्थानमा छ । लुटन ९ अङ्कसहित १७ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण