टेन हागको पत्रकार सम्मेलनमा पत्रकारहरूलाई प्रतिबन्ध
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले मंगलबार आयोजित म्यानेजर एरिक टेन हागको पत्रकार सम्मेलनमा चार वटा मिडियाका पत्रकारहरूलाई प्रतिबन्ध गरेको छ । क्लबबारे छापिएको नकारात्मक समाचारमा आफ्नो धारणा राख्न नदिएको युनाइटेडको दाबी छ ।
केही खेलाडीहरू टेन हागसँग असन्तुष्ट रहेको समाचार प्रकाशित गर्ने स्काई, ईएसपीएन, म्यानचेस्टर इभिनिङ न्यूज र मिररका पत्रकारहरूलाई प्रतिबन्ध गरिएको थियो । ‘हामीले केही संस्थाहरुविरुद्ध कारबाही गर्न लागेका छौँ,’ क्लबको विज्ञप्तिमा भनिएको छ, ‘हामीले मन नपराएको समाचार छापेको कारणले होइन, तर ती समाचार प्रकाशित गर्न अघि हामीलाई आफ्नो धारणा राख्ने अवसर नदिएकोमा यो कदम चालिएको हो ।’
पत्रकार सम्मेलनमा बोल्दै टेन हागले समाचार प्रकाशित गर्न अघि आफूसँग आएर सोध्नुपर्नेमा त्यसो नगरिएकोमा आक्रोश व्यक्त गरे । यदि खेलाडीहरूको फरक धारणा छ भने आफू सुन्न तयार रहेको पनि बताए । ‘तर उनीहरूले केही भनेका छैनन् । एक दुई जनाले भनेका छन् तर अधिकांश खेलाडीहरूले अहिले जसरी नै फुटबल खेल्न तयार छन्,’ उनले भने ।
हाल प्रिमियर लिगको अंक तालिकामा सातौँ स्थानमा रहेको युनाइटेडले बुधबार राति चेल्सीको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण