सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जनताले प्रत्यक्ष सेवा प्रवाहको अनुभूति गरेनन् भने सरकार, दल र कर्मचारीतन्त्रप्रतिको भरोसा टुट्छ : प्रधानमन्त्री

बुधबार, २० मङ्सिर २०८०, १२ : ३९
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको अबको ध्यान शासकीय सुधारमा रहेको बताएका छन् । बुधबार राजधानीमा भएको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधारसम्बन्धी अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशासनको सुधारमात्र होइन शासकीय सुधार आवश्यक बताएका हुन् । यसका लागि शासकीय सुधार आयोग गठन गरी यसको समग्र सुधार गर्न समीक्षा गर्ने र अगाडि बढ्ने प्रक्रियातिर सरकार रहेको उनले जानकारी दिए ।

‘सेवा प्रवाहको क्षेत्रमा हामीले ससाना कामको सुधार गरी ठूल्ठूला कामहरूको टार्जेट गरी  अलि कंक्रिटाइज गर्नु जरुरी छ’, प्रधानमन्त्रीले भने, ‘जनताले प्रत्यक्ष रूपमा सेवा प्रवाह भएको अनुभूत गरेनन् भने सरकार, राजनीतिक दल र कर्मचारी तन्त्रप्रति जनताको भरोसा कमजोर हुँदै जाने र विश्वास टुट्दै जाने हुन्छ । त्यस कारण सेवा प्रवाहमा तत्काल सुधार गरी जनतालाई कसरी सुविधा दिन सकिन्छ भन्नेमा सरकार  गम्भीर भएको छ ।’

यसकालागि पुराना ऐन संशोधन गरी दीर्घकालीन समस्या समाधानमा सरकार रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप