५ सय करोड क्लब नजिक एनिमल
बुधबार, २० मङ्सिर २०८०, १५ : १२

मुम्बई । रणवीर कपुरको ‘एनिमल’ ले रिलिजको पाँचौँ दिन मंगलबार ३८.२५ करोड भारु कमाएको छ । यौसँगै चलचित्रले घरेलु बक्स अफिसमा २८३.७४ करोड रुपैयाँ कमाएको हो ।
उता विश्वव्यापी कलेक्सनमा चलचित्र ५ सय करोड क्लबमा समावेश हुने नजिक पुगेको छ । चलचित्रले ५ दिनमा विश्वभर ४ सय ८१ करोड भारतीय रुपैयाँ कमाएको छ ।
स्याकनिल्कका अनुसार मंगलबार चलचित्रको हिन्दी भर्सनमा दर्शकको उपस्थिति ४२.५१ प्रतिशत रहेको थियो । बुधबार चलचित्रले घरेलु बक्स अफिसमा ३ सय करोड क्लब पार गर्ने अपेक्षा गरिएको छ ।
उता एनिमलसँगै रिलिज भएको विक्की कौशलको साम बहादुरले मंगलबार ३.५० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ । सोमबार पनि चलचित्रले सोही रकम बराबरको कारोबार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?