विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन
बुधबार, २० मङ्सिर २०८०, १५ : ३६
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको थाहा पाएपछि प्रहरी पुगेर पुतला नियन्त्रणमा लिनुका साथै सहभागीहरूलाई तितरबितर पारेको थियो । पुतला दहन गर्न अखिल क्रान्तिकारी नेताहरू नरेन्द्र सी, लोकराज जोशी लगायत १५/२० जनाको उपस्थिति रहेको थियो ।
काठमाडौँ जिल्ला अदालतले विप्लव लगायतका नेताहरूलाई अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको विरोधमा पुतला दहन गरेको अखिल क्रान्तिकारीले जनाएको छ । त्यस क्रममा विद्यार्थीहरूले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण