न्यूरोडको सुन पसलमा छापा : ७ किलो ८ सय ग्राम सुन अवैध बाटोबाट ल्याएको प्रहरी निष्कर्ष
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ स्थित न्यूरोडमा सञ्चालित दुईवटा सुन पसलमा छापा मारेर प्रहरीले ७ किलो ८ सय ग्राम सुन बरामद गरेको छ । न्यूरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रा.लि’ र ‘कैलाश ज्वेलर्स प्रा.लि’मा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–७ घर भएका पदमप्रसाद पाण्डे छन् । ४१ वर्षीय पाण्डे हाल नागार्जुन नगरपालिका–२ स्थित सानो भर्याङमा बस्छन् । सुन पसलमा भेटिएको सुनका बिस्कुट र गहना प्रहरीले बरामद गरेको छ । बरामद सुन थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले राजस्व अनुसन्धान विभागमा बुझाएको छ । दुईवटा पसलबाट बरामद गरिएको सुन र ४१ सय डलर राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
बरामद गरिएको सुन अवैध बाटोबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुबई र चीनबाट आरोपीले भन्सार छलेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी रेग्मीले बताए । उनले भने–‘सुन अवैध तरिकाले काठमाडौँ ल्याएको आशङ्का गरिएको छ, थप अनुसन्धान हुँदै छ ।’
सुन पसलमा ३९ लाख ५० हजार नेपाली रुपैयाँ भेटिएको छ । पाण्डेले नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि अनुसन्धान कार्यालयले उनलाई राष्ट्र बैङ्क कसुरमा मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण